काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा कलाकार निश्चल बस्नेत अनुबन्धित हुनुभएको छ । चलचित्रको मुख्य भूमिकामा बस्नेतलाई अनुबन्धित गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिनुभयो ।
यो चलचित्रमा यसअघि अभिनेता खगेन्द्र लामिछानेको प्रवेश भइसकेको छ । चलचित्र लागि अझै चारजना कलाकारलाई मुख्य भूमिका अनुबन्धित गर्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा बुद्धिसागरले लेख्नुभएको हो । चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माताका रूपमा हुनुहुन्छ । युवराज कार्की चलचित्रका कार्यकारी निर्माता हुनुहुन्छ । चलचित्र यही साउन २५ गतेदेखि फ्लोरमा जाने तयारीमा छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा