काठमाडौं । अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण गरेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ यति बेला डबिङ कार्य भइरहेको छ । चलचित्रमा अभिनय गर्नुभएकाका सांसद ज्ञानेन्द्र शाहीको डबिङ कार्य सम्पन्न भएको छ । चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुँदा केही दिनमा उहाँले पनि डबिङ दिने निर्देशक रमित ढुंगानाले जानकारी दिनुभयो ।
छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ । चलचित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर चलचित्र लेख्नुभएको हो ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जे, आर शर्मालगायत दुई सयभन्दा बढी प्रहरीको अभिनय छ ।
यस्तै चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायत अभिनय छ ।
चलचित्रमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको पनि विशेष भूमिकामा अभिनय छ । चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवालको पनि अभिनय छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts