काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा धार्मिक एवं ऐतिहासिक स्थलहरूको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल र्यालीको आयोजना गरिएको छ । ‘पनौती बाइक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको र्याली धुलिखेल-भट्टीडाँडा-काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनः पनौती पुगेर समापन भएको थियो ।
धार्मिक यात्राका लागि साइकल मार्ग तयार पारेर र्याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न र्याली आयोजना गरिएको बताउनुभयो ।
जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र्यालीबाट सहयोग पुग्ने पनौती नगरपालिका-५ का वडाध्यक्ष विनोद खत्रीले जनाउनुभयो । दुई सयजना सहभागी र्यालीको पनौती नगरपालिकाका प्रमुख (मेयर)रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले शुभारम्भ गर्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा