काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७:१५ बजे सुरु हुँदैछ।
नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।
आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ। भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ। यो खेल आइतबार दिउँसो २:१५ बजे सुरु हुनेछ।
प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्। समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्।
समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।
नेपालको पहिलो खेलको जितमा ब्याटिङतर्फ सम्झना खड्का र बलिङमा कप्तान इन्दु बर्माको योगदान महत्त्वपूर्ण रहयो। श्रीलंकाको डम्बुला शुक्रबार मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले यूएईले ८ विकेटको क्षतिमा दिएको ११६ रनको लक्ष्य १६।१ ओभरमा चार विकेटको क्षतिमा ११८ रन बनाउँदै पूरा गरेको हो।
नेपालको पहिलो जितका लागि सम्झना खड्काले ४५ बलको सामना गर्दै ११ छक्काको मद्तमा ७२ रन बनाउनु भयो भने कप्तान इन्दु बर्माले तीन विकेट हात पार्नुभयो ।
पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ। समान दुई अंक भएको भारत रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts