काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमकामा राष्ट्रपति पौडेलले ओलम्पिकमा नेपालको प्रदर्शन राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।
‘आफ्नो शतप्रतिशत दिएर खेल्नु होस्, सफलता आफैं आउँछ । ओलम्पिकमा नेपालको नयाँ रेकर्ड कायम गरेर फर्कनु हुनेछ भन्ने आशावादी छु,’ राष्ट्रिपति पौडेलले भन्नुभयो, ‘हामी सबै नेपाली तपाईंहरूको साथमा छौं ।’ राष्ट्रपति पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो ।
खेलाडी बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३औं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलको उपस्थिति थियो । ओलम्पिक फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि अगष्ट ११ सम्म हुँदैछ । ओलम्पिकमा यसपटक सातजना नेपाली खेलाडीले सहभागिता जनाउँदै छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा