एजेन्सी । विम्बल्डनको महिला एकल उपाधिका लागि चेक गणतन्त्रकी बारबोरा क्रेचिकोभा र इटालीकी जस्मिन पाओलानी भिड्ने हुनुभएको छ ।
क्रेचिकोभाले बिहीबार पूर्वविजेता एलेना रेबकिनालाई पराजित गर्दै उपाधिनजिक पुग्नुभएको हो । उहाँले ३–६, ६–३ र ६–४ को सहज जित हासिल गर्नभयो । उहाँ दोस्रोपटक ग्राण्ड स्लाम फाइनलमा पुग्नुभएको हो ।
यसअघि उहाँले सन् २०२१ को फ्रेन्च ओपन जित्नुभएको थियो । यता, पाओलोनीले भने डोना भेकिचलाई २–६, ७–४ र ७–६ ले पाखा लगाउनुभयो । फाइनल शनिबार लण्डनस्थित सेन्ट्रल कोर्टमा हुनेछ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता