काठमाडौं । श्रीलंकाका टी२० क्रिकेट कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन् ।
हालै सम्पन्न टी–२० विश्वकपमा श्रीलंकाको खराब प्रदर्शन पछि हसरंगाले कप्तानी छोडेको आइसीसीले जनाएको छ ।
गत बर्ष श्रीलंकाको टी२० क्रिकेट टिमको कप्तान नियुक्त भएका हसरंगाले केवल १० खेलमा कप्तानी गरेका थिए ।
हसरंगाले राजीनामा दिदै आफु खेलाडीको रुपमा मात्र टिममा रहने बताएका छन् । बोर्डले हसरंगाले कप्तानी छोडे पनि उनी टिमको महत्वपूर्ण सदस्यको रुपमा रहने जनाएको छ ।
आगामी जुलाई २७ देखि घरेलु मैदानमा भारतविरुद्ध टी२० र एकदिवसीय सिरिज खेल्न लागेको श्रीलंकाले छिट्टै नयाँ कप्तान घोषणा गर्ने बताएको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts