काठमाडौं । ई-स्पोर्ट्स संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ । मोबाइल लिजेन्ड र ई-फुटबलका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरी एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।
मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाई भोल्टेजले ६० हजार, कोड रेडले ४० हजार, सिक्सटी नाइन गेमिङले ३० हजार, वीरे नुनले २० हजार, मिडनाइट हृयाभक र हेल्लो किटिसले समान १५-१५ हजार तथा मिडनाइट हृयाभक २.० र गुड नाइटले समान १०-१० हजार नगद पुरस्कार पाए ।
ई–फुटबलमा पहिलो हुनुभएका गौरव पुडासैनीले ४० हजार, दोस्रो हुनुभएका सन्देश ओझाले ३० हजार, तेस्रो हुनुभएका रोशन शर्माले २० हजार तथा चौथो हुनुभएका निखिल हमालले १० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिता सुर्खेतमा असार १४ देखि १५ गतेसम्म भएको थियो ।
कार्यक्रममा सदस्य-सचिव घिसिङले ई-स्पोर्ट्स संघलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा बधाइ दिँदै ई-स्पोर्ट्सलाई अझ व्यवस्थित ढंगले अगाडि बढाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । सदस्य-सचिव घिसिङले ई-स्पोर्ट्स समाजको विकास चरणले मागेको खेल भएको बताउँदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई मध्यनजर गरी त्यही अनुरूप सरकारले लगानी बढाउनुपर्ने आवश्यकता आंैल्याउनुभयो । उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी हुँदा कुनै व्यक्तिविशेष नभई सिंगो देशको प्रतिनिधित्व सम्झनुपर्ने बताउँदै संघलाई आसन्न एसियाली इण्डोर गेम्सको तयारीमा जुट्न निर्देशन दिनुभयो ।
राखेपका सदस्यसमेत रहनुभएका ई-स्पोर्ट्सका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकोमा राखेपलाई धन्यवाद दिँदै वार्षिक क्यालेण्डर नै तयारी गरी संघ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा