एजेन्सी । जर्मनीका मिडफिल्डर टोनी क्रुसले दोस्रोपटक सन्न्यास लिनुभएको छ । युरोकपअन्तर्गत शनिबार सम्पन्न क्वाटरफाइनलको खेलमा स्पेनसँग २-१ गोलअन्तरले पराजित हुँदै जर्मनी बाहिरिएपछि उहाँले पुनः सन्न्यास लिनुभएको हो । ३४ वर्षका मिडफिल्डरले सन् २०२१ को जुनमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएको थियो ।
तर, उक्त सन्न्यास फिर्ता लिएर उहाँ फेरि राष्ट्रिय टिममा फर्किनुभएको थियो । उहाँले यो युरोकप सकिएसँगै सन्न्यास लिने बताउनुभएको थियो । उहाँले जर्मनीका लागि ११४ खेल खेल्नुभएको छ ।
क्रुसले मार्चमा जर्मनीलाई फ्रान्स र नेदरल्याण्ड्सविरुद्ध मैत्रीपूर्ण जित दिलाउनुभएको थियो । क्रुसले रियल म्याड्रिडका साथै बायर्न म्युनिखबाट ६ च्याम्पियन्स लिग, चार स्पेनिस लिग, तीन बुन्डेसलिगा, तीन जर्मन कप र एक कोपा डेल रे जित्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता