बारा । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृहनगर कलैया उपमहानगरपालिकाले सम्मान गरेको छ । साहलाई बुधबार एक समारोहबीच उपमहानगरले सम्मानसहित एक लाख एक हजार रुपैयाँ प्रदानसमेत गरेको छ ।
उपमहानगरपालिकाका मेयर विनोद साहले पूर्वघोषणाअनुसार टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टोलीमा सहभागी कलैयाका खेलाडी साहलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र नगर खेलकुद विकास समितिका संयोजक महमद समिउल्लाहले संयुक्त रूपमा सम्मानित गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements