एजेन्सी । इंग्लिस प्रियमर लिग क्लब लेष्टर सिटीले स्टेभ कुपरलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । क्लब र कुपरबीच तीन वर्षको सम्झौता भएको छ । लेस्टरले एन्जो मारेस्काको स्थानमा कुपरलाई भित्र्याएको हो ।
मारेस्का लेस्टर छाडेर अर्को इंग्लिस क्लब चेल्सी पुग्नुभएको छ । यसैगरी गतवर्ष प्रिमियर लिगकै नटिङघम फरेस्ट छाडेयता कुपर क्लबविहीन हुनुहुन्थ्यो । सन् २०२२/२३ को सिजनमा घटुवा भएको लेष्टर एक सिजनपछि नै शीर्ष डिभिजनमा फर्किएको हो ।






