काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेटले भुटानी लिग विजेता क्लब पारो एफसीसँग एएफसी च्यालेन्ज लिग प्रारम्भिक छनोट खेल खेल्ने भएको छ । चर्च ब्वाइजले अगष्ट १३ मा पारो एफसीसँग खेल्ने भएको हो । सिंगल लेग नकआउट फम्र्याटमा हुने यस खेलको विजेता क्लब समूह चरणको खेलका लागि छनोट हुनेछ ।
यस खेलमा जित हात पारे चर्च ब्वाइजले समूह चरणमा अफगानिस्तानको अट्याक एफसी र किर्गिज गणतन्त्रको एफसी अबदिश अटासँग खेल्नेछ । समूह चरणका खेलहरू भने अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एण्ड अवे’ प्रणालीमा हुने जनाइएको छ । समूह चरणमा छनोट भए चर्च ब्वाइज युनाइटेडले कम्तीमा पनि एक लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts