काठमाडौं । श्रीलंकाले आइसिसी ट्वान्टी-२० विश्वकपमा सान्त्वना जित दर्ता गरेको छ । सेन्ट लुसियास्थित डारेन शामी राष्ट्रिय क्रिकेट मैदानमा सोमबार समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाले नेदरल्याण्ड्सविरुद्ध ८३ रनको सहज जित निकाल्यो । जितसँगै समूह ‘डी’ को श्रीलंकाले चार खेलमा तीन अंक जोड्यो । पराजित नेदरल्याण्ड्सको समान खेलबाट दुई अंक रहृयो ।
श्रीलंकाले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६.४ ओभरमा ११८ रनमै समेटियो । नेदरल्याण्ड्सका लागि माइकल लेभिट र कप्तान स्कट एड्वार्डसले समान ३१, म्याक्स ओ’डोउड र साइब्रान्ड एन्जलब्रेख्तले समान ११ र आर्यन दत्तले १० रन बनाउनुभयो । श्रीलंकाका लागि नुवान तुसाराले तीन, कप्तान वानिन्दु हसरंगा र मथिशा पथिरानाले समान दुई तथा महेश तिक्क्षणा र डुसान सनाकाले समान एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०१ रनको योगफल तयार पार्यो । श्रीलंकाका लागि कुशल मेन्डिस र चरिथ अस्लंकाले समान ४६, धनञ्जय डी सिल्भाले ३४, एन्जेलो म्याथ्युजले अविजित ३०, वानिन्दु हसरंगाले अविजित २० र कामिन्दु मेन्डिसले १७ रन बनाउनुभयो । नेदरल्याण्ड्सका लागि लोगन भान बिकले दुई तथा भिभियन किंगमा, आर्यन दत्त, पउल भान मिक्रेन र टिम प्रिन्गेलले समान एक विकेट लिनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा