काठमाडौं । आईसीसी टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ । १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।
यो हारसँगै नेपाल भने एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ। बंनेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे। उनले एक चौका र एक छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए। ३१ बलको सामना गर्दै दुई चौका र एक छक्का हिर्काए। ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए।
सोमबार बिहान किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै १०६ रन बनाएको थियो।
नेपाली टोलीका बलर सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुईरदुई विकेट हात पारे। नेपालले बंगलादेशका दुई ब्याट्सम्यानलाई रनआउट गरेको थियो।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता