काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पहिलो सफलता पाएको छ ।
विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिणको पहिलो विकेट नेपालका दीपेन्द्रसिंह ऐरीले लिनुभएको हो । दक्षिण अफ्रिकाका क्विन्टन डी कक ११ बलमा १० रन बनाएर आउट हुनुभएको छ ।
विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डङ रोजेपछि बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाले सुरुमा ब्याटिङ गरिरहेको छ ।
प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न नेपाललाई खेल जित्नै पर्ने दबाब छ। दक्षिण अफ्रिका भने यसअघि नै सुपर आठमा प्रवेश गरिसकेको छ।
नेपाल र दक्षिण अफ्रिका विश्वकपको समूह ‘डी’ मा रहेका छन्। यो समूहमा बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स पनि छन्। यी मध्ये श्रीलंका समूह चरणबाटै बाहिरी सकेको छ भने अन्य टोलीको सुपर आठमा पुग्ने सम्भावना कायमै छ।
दक्षिण अफ्रिका तुलानात्मक रुपमा नेपाल भन्दा बलियो टोली हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १७ औं स्थानमा छ। दक्षिण अफ्रिका भने नेपाल भन्दा दश स्थान माथि सातौं स्थानमा छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts