काठमाडौं । नेपालका आयुष ढुंगेलले बिहिबार प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा स्वर्ण पदक जित्नुभएको छ ।
टिम व्यवस्थापक प्रदीप थापा मगरले जानकारी दिए अनुसार बंगलादेशको ढाकामा भएको प्रतियोगितामा आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक बंगलादेशका अल सुवेद राइमलाई हराउनुभयो । यसअघि, आयुषले सेमिफाइनलमा यासिनलाई पराजित गर्नुभएको थियो ।
पुरुष ५४ केजीमा पनि नेपालका शेख इरफान खरेलले आयोजकका अब्दु जायद खानलाई हराएर स्वर्ण पदक हासिल गर्नुभयो । पुरुष ४५ केजमिा भने नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग हारेपछि कांस्य पदकमा सीमित बन्नुभयो । नेपाली टिमको प्रशिक्षकमा मोहम्मद उमर खान हुनुहुन्छ ।






