काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले श्रीलंकाविरुद्धको खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताएका छन् ।
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भोलिको खेल उच्च मनोबलका साथ खेल्न बताएका हुन् ।
उनले भने, ‘हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौं । हामीले यसका लागि २ महिनादेखि विश्वकप लक्षित तयारी गरेका छौं र डेढवर्षदेखि नियमित क्रिकेट खेलेका छौं । हामीमा सधैं विश्वास छ ।’
नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२४ आइसीसी टि२० विश्वकप अन्तर्गत मंगलबार श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता