काठमाडौं । नेपालका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरीले स्कटल्याण्डमा फ्रेन्चाइज क्रिकेट खेल्ने हुनुभएको छ । दीपेन्द्रले आगामी अगस्टमा हुने स्कटटिस सुपर १० लिग पर्थ रोयल्सबाट खेल्ने हुनुभएको हो । उहाँले पर्थ रोयल्सबाट लिग खेल्ने दीपेन्द्रका म्यानेजर रवि तिमिल्सिनाले जानकारी दिनुभयो । प्रतियोगिता १६ देखि ३१ अगस्टसम्म हुनेछ । स्कटटिस सुपर-१० मा ६ फ्रेन्चाइज टोलीको सहभागिता हुनेछ ।
उक्त प्रतियोगिता अफगानिस्तानका राशिद खान, रहमानउल्लाह गुरबाज, पाकिस्तानका नसिम साह, इंग्ल्याण्डका एलेक्स हेल्सलगायतका खेलाडीले खेल्नेछन् । दीपेन्द्र वर्तमान नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी हुनुहुन्छ । दीपेन्द्रले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा सानदार प्रदर्शन पनि गर्दै आउनुभएको छ । उहाँले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमा क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गर्नुभएको थियो ।
दुई महिनाअघि एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हान्नुभएको थियो । बलिङमा पावर प्ले, मध्यक्रम र डेथ ओभर कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ । यसअघि उहाँले इन्टरनेसनल लिग टी-२० युएई र ग्लोबल टी-२० क्यानडा खेलिसक्नुभएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts