काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२४ मा भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले पराजित गरेको हो ।
आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई बलमा दुई विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान रोहित शर्माले अर्धसतक प्रहार गर्नुभयो । ३७ बलको सामना गर्नुभएका शर्माले चार चौका र एक छक्का प्रहार गर्नुभयो ।
त्यस्तै रिसब पन्तले ३६ रन बनाउनु भयो । आज ओपनिङ गर्न आएका विराट कोहलीको ब्याट भने चल्न सकेन । उहाँ पाँच बलमा एक रन बनाएर आउट हुनुभएको थियो । आयरल्याण्डका लागि बेन्जामिन वाइट र मार्क एडेयरले एकरएक विकेट लिनुभयो ।
त्यसअघि न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रन बनाएको थियो ।
उसका लागि ग्यारेथ डेलानीले २६ रन बनाउनु भयो । १४ बलको सामना गनुभएका उहाँले दुई चौका र दुई छक्का प्रहार गर्नुभयो । त्यस्तै कर्टिस क्याम्फरले १२, लोर्कन टकर १६ रन बनाउनु भयो । ओपनर एन्ड्रयू बालबर्नीले ५ र पॉल स्टर्लिंगले २ रन बनाउनु भयो ।
यता भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिनुभयो । चार ओभर बलिङ गरेका उहाँले २७ रन खर्चिनु भयो । त्यस्तै अर्शदीप सिंह र जस्प्रीत बुमराहले दुईरदुई तथा अक्षर पटेल र मोहमद सिराजले एकरएक विकेट लिनुभयो ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा