काठमाडौं । बोस्टन ओपन कराँते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जित्नुभएको छ । उहाँले पाँच वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाउनुभएको छ ।
यस्तै, अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कांस्य जित्नुभएको छ । उहाँले १५-१६ वर्ष उमेर समूहको एडभान्स कुमुतेमा सफलता पाउनुभयो ।
प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट चार खेलाडीले सहभागिता जनाएका थिए । १०-११ वर्षको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाउनुभएको थियो ।
टोलीको प्रशिक्षकमा बंगलादेशको ढाकामा भएको ११औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापा मगर रहनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा