काठमाडौं । सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप-२०२४ नेपालमा हुने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो । सोमबार बसेको साफ प्रतियोगिता समितिको बैठकले साफ महिला च्याम्पियनसिप २०२४ को आयोजक नेपाललाई स्वीकृत गरेको हो । प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म काठमाडौंको दशरथ रंगशालामा हुने तय भएको छ ।
प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सातवटै देशको सहभागिता रहने समेत साफले जनाएको छ । यो निर्णयसँगै नेपाल साफ महिला च्याम्पियनसिपको लगातार तीन संस्करण आयोजना गर्ने पहिलो राष्ट्र बन्ने भएको छ ।
यसअघि नेपालले सन् २०१९ र २०२२ को संस्करण पनि नेपालमै आयोजना गरेको थियो । ती दुवै संस्करणमा नेपाली महिला टिमले फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि भिडन्तमा पराजित हुँदा उपविजेतामा चित्त बुझाएको थियो । गत संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि बंगलादेशसँग ३-१ ले पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा