काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सोमबार बिहान भएको खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमान १९.४ ओभरमा अलआउट भयो। खेलको पहिलो र दोस्रो बलमा लगातार विकेट गुमाएको नामिबिया १९।४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा समेटिएको हो।
ओमानका लागि खालिद कैलले २९ बलको सामना गर्दै सर्वाधिक ३४ रन बनाए। जिशान मकसूद २२ रन जोड्दा अयान खान १५ रनमा आउट भए। शकील अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २१ रन दिँदै चार विकेट लिए। डेभिड विसे तीन विकेट हात पारे। जेहार्ड इरास्मसले दुई विकेट लिँदा बर्नार्ड स्कोल्जेडले एक विकेट हात पारे। केही बेरमा नामिबियाले जवाफी ब्याटिङ गर्नेछ।







