अवैध लागूऔषधसहित तीन जना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेकाे छ ।

कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय बिक्रम सेरालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पाँचथरकाे फिदिम नगरपालिका-४ गढि बस्ने २३ वर्षीय सरोज पदालुङ लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित बिहीबार दिउँसो उनकै घरबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

ADVERTISEMENT

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-१ बरडाँडा बस्ने २३ वर्षीय चुक्से भन्ने दिल बहादुर राईबाट खरिद गरी ल्याएको भनी खुल्न आएपछि राईको घर तलासी गर्दा थप ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी राईलाईसमेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?