काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ किर्तिमान बनाउनु भएको छ । गएराती सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४–२ को जितमा रोनाल्डोले २ गोल गनुभएको थियो ।
यो दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ किर्तिमान बनाउनु भएको हो । रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गर्नुभएको छ ।
रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बन्नुभएको छ । यसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८–१९ सिजनमा सर्बाधिक ३४ गोल गर्नुभएको थियो ।
रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गर्नुभएको छ ।अल नासरले यस सिजनमा साउदी लिगमा दोस्रो स्थानमा रहेको छ । यस सिजनको साउदी लिग भने अपराजित रहदै अल हिलालले जितेको छ ।
अब अल नासरले आगामी शुक्रबार किङ कपको फाइनलमा अल हिलालसँग खेल्ने तालिका रहेको छ ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा