अर्जेन्टिना । कोपा अमेरिकाअघि इक्वेडर र ग्वाटेमालासँग हुने मैत्रीपूर्ण खेलका लागि विश्वविजेता अर्जेन्टिनाको टोली घोषणा भएको छ । प्रशिक्षक लियोनेल स्कालोनीले लियोनल मेसीको कप्तानीमा २९ सदस्यीय टिम घोषणा गर्नुभएको हो । टिममा विश्वकप खेल्नुभएका स्ट्राइकर पाउलो डिबला टोलीमा अटाउनुभएको छैन ।
इटालियन सिरी ए मा कमजोर प्रदर्शनपछि उहाँलाई बाहिर राखिएको हो । यता, म्यानचेष्टर युनाइटेडबाट खेलिरहनुभएका अलेजान्ड्रो गर्नाचोले स्थान बनाउनुभएको छ । घाइते भएपछि गर्नाचो विश्वकपमा टिमबाहिर हुनुहुन्थ्यो । यसअघि विश्वकप जित्दा डिबल टोलीमा हुनुहुन्थ्यो । यही टोलीको प्रदर्शनपछि स्कोलानीले कोपा अमेरिकाका लागि २६ खेलाडीको अन्तिम सूची तय गर्नुहुनेछ । अमेरिकामा हुने कोपा अमेरिकामा अर्जेन्टिनाले क्यानाडा, चिली र पेरुविरुद्ध खेल्नेछ । अर्जेन्टिनाको गोलकिपरमा एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली र फ्रान्को अर्मानी हुनुहुन्छ ।
रक्षकमा गोन्जालो मोन्टिएल, नाहुएल मोलिना लियोनार्डो बालेर्डी, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, लुकास मार्टिनेज क्वार्टा, निकोलस ओटामेन्डी, मार्कोस अकुना, निकोलस टाग्लियाफिको र भ्यालेन्टिन बार्का हुनुहुन्छ । मिडफिल्डरमा गुइडो रोड्रिग्वेज, लिआन्ड्रो पराडेस, एक्विएल पालासियो, एन्जो फर्नान्डेज, जिओभानी लो सेल्सो, एन्जल डी मारिया र भ्यालेन्टिन कार्बोनी हुनुहुन्छ । स्ट्राइकरमा कप्तान मेसीसँगै जुलियन अल्भारेज, गर्नाचो, निकोलस गोन्जालेज, एन्जल कोरिया र लाउटारो मार्टिनेजले स्थान बनाउनुभएको छ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता