
काठमाडौं । भारतका पूर्व ब्याट्सम्यान गौतम गम्भीरलाई भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनाउने पहल शुरु भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतको नयाँ प्रशिक्षकको आवेदन अहिले खुला गरेको बेला बोर्डले गम्भीरप्रति चासो देखाएको क्रिकइन्फोले उल्लेख गरेको छ । हालका प्रशिक्षक राहुल द्रविडको कार्यकाल आगामी टी–२० विश्वकपपछि समाप्त हुने भएकाले बोर्डले २७ मे सम्मको डेडलाइन दिएर नयाँ प्रशिक्षकक आवेदन खोलेको छ ।
गम्भीर हाल आईपीएलमा कोलकाता नाइट राइडर्सका मेन्टर रहनुभएको छ । उहाँको मेन्टरसिपमा कोलकोताले उत्कृष्ट प्रदर्शन गरिरहेको बेला उहाँलाई राष्टिय टिमको प्रशिक्षक बनाउने पहल शुरु भएको विश्लेषण गरिएको छ ।
अब बोर्डले आइपिएल सकिएपछि गम्भीरसँग छलफल गर्ने रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपि, भारतको मुख्य प्रशिक्षकको पदका लागि आवेदन दिने अन्तिम म्याद आईपीएल फाइनलको एक दिनपछि मे २७ सम्म रहेको छ ।
यस अघि राहुल द्रविडले अर्को कार्यकाल प्रशिक्षक नबन्ने बोर्डलाई जानकारी गराइसक्नु भएकाे छ। ४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरको कोचिङको अनुभव नभएको भए पनि उहाँले आईपीएलका दुई फ्रेन्चाइजीमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्नु भएको छ ।
उहाँ आइपिएल २०२२ र २०२३ मा लखनउ सुपर जायन्ट्सका मेन्टर हुनुहुन्थ्यो । दुवै सिजनमा लखनउ प्लेअफमा पुगेको थियो ।
गम्भीर भारतको २००७ मा टी–२० विश्वकप विजेता टिम र २०११ मा एकदिवसीय विश्वकप विजेता टिमको महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । उहाँले आफ्नो कप्तानमा कोलकोतालाई दुई पटक आइपिएल समेत जिताउनु भएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच