काठमाडौं । लागुऔषध कारोबारी पक्राउ गर्न बाँके प्रहरीले गाेली चलाएकाे छ । प्रहरीले गोली हानेर दुई लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हाे ।
बाँकेको कोहलपुरस्थित पिपरामा लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले एक राउण्ड गोली प्रहार गरी लागूऔषध खैरो हेरोइन कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिइएको ब्यूरोका प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिनुभयो ।
परियारको खुट्टामा गोली लागेको थपलियाले बताउनु भयो । थपलियाका अनुसार अर्का लागुऔषध कारोबारी प्रमोद कार्की पनि पक्राउ परेका छन् । परियारबाट प्रहरीले ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ भने थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts