काठमाडौं । नेपाल फेसन फेष्टिभल हुने भएको छ । फेष्टिभल जेठ ११ देखि १४ गतेसम्म सानेपाको हेरिटेज गार्डेनमा हुनेभएको हो । आयोजकले फेष्टिभलमा स्थापित डिजाइनरले तयार पारेका पहिरनमा छनोट भएका मोडललाई र्याम्पमा प्रस्तुत गर्ने बताइएको छ ।
फेष्टिभलमा फेसनसँग सम्बन्धित बुटिक, डिजाइनर, फोटो स्टुडियो, इभेन्ट म्यानेजर, सौन्दर्य सामग्रीलगायत कम्पनीको सहभागिता रहनेछ । मोडलका लागि आयोजकले अडिशन आहृवान गरिएको थियो । गत शनिबार अडिशन लिइएको थियो । अडिशनमा १८ वर्षमाथिका युवायुवतीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts