खोटाङ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले हिमालय टाईम्सकर्मी चिसाङ शेर्पालाई पुरस्कार प्रदान गरेको छ ।
महासंघको चौथो जिल्ला अधिवेशन उद्घाटनको अवसरमा बुधबार समिक्षालय हल दिक्तेलमा शेर्पालाई पुरस्कार प्रदान गरेको हो ।
दिन र रातको प्रवाह नगरी अहोरात्र निश्पक्ष समाचार प्रवाह गरी पत्रकारिता क्षेत्रमा पु-याएको योगदानको उच्च कदर गर्दै पाँच हजार राशीको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष फुर्वा दोर्चि शेर्पाले बताउनुभयो ।
पत्रकार शेर्पालाई कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ संघीय परिषद उप–महासचिव रामकृष्ण ब्लोन तामाङ र महासंघका जिल्ला अध्यक्ष शेर्पाले सम्मान पत्र र नगद प्रदान गर्नुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला घर भएका शेर्पा २०६५ सालबाट पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।
तेश्रो अधिवेशनमा पत्रकार दमन राईलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका सचिव उदिमकुमार राईले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts