काठमाडौं । फ्रेन्च लिग अन्तर्गत पिएसजीले लोरिएन्टलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पिएसजीले लोरिएन्टलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ओसमान डेम्बेले र किलीयन एम्बाप्पेले २/२ गोल गरेका थिए ।
त्यस्तै लोरिएन्टका लागि मोहमद बाम्बाले एक गोल गरेका थिए । यो जितपछि पिएसजीले लिग वानमा आफ्नो अग्रता बढाएको छ ।
३० खेलमा ६९ अंकसहित पिएसजी शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मोनाको भन्दा ११ अंकले अगाडी रहेको छ ।
त्यसैगरी लोरिएन्टको ३० खेलमा २६ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता