गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा प्रथम रेसुङ्गा मेयर कप हुने भएको छ । यस नगरपालिकाको आयोजनामा यहिँ वैशाख २४ गतेदेखि २७ गतेसम्म प्रथम रेसुङ्गा मेयर कप हुने भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पिताम्बर पन्थीले जानकारी दिनुभयो ।
शाखा प्रमुख पन्थीकाअनुसार प्रथम रेसुङ्गा मेयर कपको अवसरमा वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । यस नगरपालिका भित्रका सम्पूर्ण वडाबाट प्रतिनिधित्व हुने गरी सम्बन्धित वडाका स्थायी बासिन्दा पुरुष खेलाडीहरुको टिम बनाएर प्रतियोगितामा सहभागी गराउनका लागि वडा कार्यालयहरुलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा विजेतालाई नगद ३५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेतालाई नगद २५ हजार रुपैयाँ, मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने शाखा प्रमुख पन्थीले बताउनुभयो ।







