काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल)मा पञ्जाब किंग्सविरुद्ध मुम्बई इन्डियन्सले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईले पञ्जाबलाई ९ रनले पराजित गरेको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९२ रन बनाएको थियो। १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर १ बलमा १८३ रनमा समेटियो ।
पञ्जाबका लागि आशुतोष शर्माले ६१ रन बनाउँदा शशांक सिंहले ४१ रन जोडे। हरप्रित बरारले २१ रन जोड्दा हरप्रीत सिंहले १३ रन मात्र जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।
मुम्बईका लागि जसप्रित बुमराह र जेराल्ड कोटेजले तीन–तीन विकेट हात पारे। आकाश माधवा, हार्दिक पाण्डेया र श्रीयस गोपालले एकएक विकेट लिए।
त्यसअघि ब्याटि गरेको मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ७८ रन बनाए। ५३ बल खेलेका उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए। रोहित शर्माले ३६ रन बनाउँदा तिलक बर्माले नटआउट ३४ रन जोडे। टिम डेबिड १४ रनमा आउट हुँदा कप्तान हार्दिक पाण्डेय १० रनमा समेटिए।
पञ्जाबका लागि हर्षल पट्टेलले तीन विकेट लिए। श्याम कुरानले दुई विकेट लिएको खेलमा कासिगो रबडाले एक विकेट हात पारे।
यो जितसँगै मुम्बई सात खेलमा तीन जितसहित सातौं स्थानमा छ। समान खेल खेलेको पञ्जाब दुई जितसहित चार अंक बनाएर नवौं स्थानमा छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts