काठमाडौं । लिभरपुलले इङलिस प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा लिभरपुलले ब्राइटनमाथि २–१ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो । खेलको दोस्रो मिनेटमा नै गोल खाएको लिभरपुलले कमब्याक गर्दै २ गोल गरेर खेल जितेको छ ।
लिभरपुलको जितमा खेलको २७औं मिनेटमा लुइस डियाज र ६५औं मिनेटमा मोहमद सलाहले एक एक गोल गरेका थिए ।यस अघि खेलको दोस्रो मिनेटमा डानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई शुरुवाती अग्रता दिलाएका थिए ।
यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ । त्यसैगरी ब्राइटनको २९ खेलमा ४२ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा