काठमाडौं । इलाम साहित्य महोत्सव २०८०मा स्रष्टाहरूलाई सम्मानित गरिएको छ । महोत्सवमा इलाम नगरपालिकाले साहित्यकार राधेश्याम लेकाली, कलाकार कोमल निरौला र मूर्तिकार विष्णुप्रसाद श्रेष्ठलाई सम्मान अर्पण गरिएको हो ।
तीनैजनालाई नगद पन्ध्र हजार राशिसहित सम्मान पत्र र दोसल्लाले सम्मान अर्पण गरिएको थियोे । उहाँहरूलाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र इलाम नगरपालिकाका मेयर केदार थापाले सम्मान अर्पण गर्नु भएको थियो ।
महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार, लेखक, राजनीतिकर्मी लगायतको सहभागिता थियो । इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा भएको महोत्सवमा राजनीति, साहित्य, पर्यटन, पर्यावरण, नाटक जस्ता विधामा बहस राखिएको थियो ।






