हेटौंडा । बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ ।
शनिबार साझँ एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहनुभएका जगन्नाथ थपलियाले शनिबार आर्थिक मामिला तथा विकासमन्त्रीको शपथग्रहण गर्नुभयो ।
थपलिया यसअघि २६ पुस २०७९ मा माओवादी केन्द्रबाट मुख्यमन्त्री रहनुभएको शालिकराम जम्कट्टेल मन्त्रिपरिषदमा आर्थिक मामिला मन्त्री नै हुनु हुन्थ्यो । केन्द्रमा एमालेसँगको गठबन्धन तोडिएर कांग्रेससँगको गठबन्धन भएपछि केन्द्रमा जस्तै प्रदेश सरकारबाट पनि एमाले बाहिरिएको थियो ।
मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरणमा फेरबदल आएपछि दोस्रो पटक सरकार विस्तार गर्नुभएको हो । यसअघि १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्नुभएको थियो। अब भने १९ चैतमा विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा