काठमाडौं। साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ ।
ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । यस अघि सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हार ब्येहोरेका छन् । भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७(० को हार बेहोरेको थियो भने नेपालले बंगलादेशसँग २–० को हार बेहोरेको थियो ।
यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन् । प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दै छन् भने विहिबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ । त्यसपछि शिर्ष २ देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता