काठमाडौं । आइसिसी टी-२० विश्वकपका लागि तयारीस्वरूप हङकङ भ्रमणमा निस्कन लागेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । हङकङमा नेपालले टी-२० फम्र्याटको चार खेल खेल्दैछ । रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल नियमित हुनुहुन्छ । टोलीमा आकाश चन्द र लोकेश बमलाई बोलाइएको छ ।
प्रशिक्षक मोन्टी देशाईले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई विश्राम दिनुभएको छ । नेपालले हङकङमा एक त्रिकोणात्मक सिरिजसहित हङकङसँग टी-२० आई खेल खेल्दै छ । मार्च ९ मा नेपाल र हङकङले फ्रेण्डसिप कपको नाममा एक टी-२० आई पनि खेल्नेछन् ।
मार्च १० देखि १३ सम्म भने टी-२० आई त्रिकोणात्मक सिरिजको खेल हुनेछ । नेपाल र हङकङले मार्च १० मा खेल्दा मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी-२० खेल खेल्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements