काठमाडौं । क्यानडा–११ विरुद्धको खेलमा नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्ने भएको छ ।
आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा क्यानडा–११ कप्तान साद जफरले टस जितेरलाई ब्याटिङको निम्तो दिएको हो ।
नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।
नेपालको प्लेइङ११
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा
बेन्च : शेर मल्ल, रिजन ढकाल, सुजन थपलिया, हेमन्त धामी
क्यानडा को प्लेइङ११
आरोन जोन्सन, नवनित धलिवल, डिलोन हेलिगर, दिलप्रित बज्वा, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, इश्वरजोत सोहि, निखिल दत्त
बेन्च निकोलस किर्तन, पर्गत सिंह, उदय भगवान सिंह, कालिम साना







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता