काठमाडौं । चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते हुनुभएकी जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रक्रिया पूरा भएको ४८ घण्टामा निकासा गरिदिएको छ ।
खेलाडी पुनम श्रेष्ठले एसियाली खेलकुदमा खेल्ने क्रममा दायाँ खुट्टाको घँुडाको एसिएल टियरको शल्यक्रिया गर्नुपर्ने भएकाले राखेपमा २०८० साल माघ ४ गते निवेदन दर्ता गराउनुभएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को ताकेतापछि मात्र बिलहरू प्राप्त भई २०८० साल फागुन १ गते प्रक्रिया पूरा भएको थियो । सोही दिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिवले पुनम श्रेष्ठको उपचार खर्चको फाइल सदर गर्नुभएको थियो । फाइल सदर भएको भोलिपल्ट नै २०८० साल फागुन २ गते पुनम श्रेष्ठलाई उपचार खर्चबापत एक लाख ४७ हजार ५९ रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराइसकेको छ ।
राष्ट्रिय खेलकुद परिषद्कै अनुदानमा स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत् पनि पूर्व र वर्तमान खेलाडीलाई उपचार सहयोग प्रदान गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्कै अग्रसरतामा खेलाडीकै हितलाई ध्यानमा राखी नेपालमै पहिलोपटक खेलकुद बिमालेख जारी भइसकेको राखेपले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा