काठमाडौं । युरोपा लिगको नकआउट चरण प्ले अफको पहिलो लेगमा एसी मिलानले जित दर्ता गरेको छ । बिहीबार भएको खेलमा रेनेसलाई ३–० ले हराउँदै मिलानले जित दर्ता गरेको हो ।
मिलानको जितमा इंग्लिस मिडफिल्डर रुबेन लोफ्टस–चेकले दुई गरे । त्यस्तै राफेल लिओकोले एक गोल थपे ।
अन्य खेलमा गालातासारे, बेनफिका, स्पोर्टिङ र काराबाग विजयी भएका छन् । यस्तै फायनउड र रोमाले १–१, साख्तर डोनेस्क र मार्सेले २–२, लेन्स र फ्रेबर्गले गोलरहित बराबरी खेले ।







