सुर्यनगर गोल्डकप सुरु, नवलपरासी–११ को विजयी सुरुवात

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेशको दोस्रो ठुलो पुरस्कार रासी रहेको सुर्य नगर गोल्डकपको आठौँ संस्करण आज (सोमबार) बाट सुरु भएको छ ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले गोल्डकपको एक कार्यक्रमका बिच आज उद्घाटन गर्दै नगरले त्रिकेट, फुटबल लगायतका विभिन्न विद्यामा राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरु उत्पादन गरेको उल्लेख गर्दै नगरपालिका खेलजगतको बिकासका लागि अघि बढेको बताउनु भयो ।

बर्दघाट नगरपालिका वडा नम्बर १६ मा रहेको नव युवा क्लबको आयोजना र बर्दघाट नगरपालिकाकाको संरक्षकत्वमा प्रत्येक बर्ष सुर्यनगर गोल्डकप संचालन हुँदै आइरहेको छ ।

खेल सम्पन्न गर्नका लागि झण्डै ५० लाख खर्च हुने आयोजकले बताएको छ। बर्दघाट नगरपालिकाकको १० लाख सहयोग र विभिन्न स्थानिय संघ सस्था र ब्यवसायिहरुबाट स्वस्फूर्त रुपमा प्राप्त हुने सहयोग बाट प्रत्येक बर्ष सुर्यनगर गोल्डकप सन्चालन हुँदै आईरहेको छ । ए डिभिजन लिगका राष्ट्रिय स्तरका खेलाडीहरु सहभागी हुने खेल १५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको दावी छ ।

ADVERTISEMENT

मुलतः स्थानीय स्तरमै दक्ष खेलाडी उत्पादन सगै बर्दघाट नगरपालिका र समग्र जिल्लाकै परिचयमा सुर्यनगर गोल्डकप ब्राण्ड को रुपमा स्थापित हुँदै गैरहेको बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष एवम् फुटबल संघ लुम्बिनी प्रदेशका महासचीव भिमकाजी गुरुङले बताउनु भयो ।

पश्चिम नवलपरासीमै उत्कृष्ट रंगशालाको रुपमा विकास हुँदै गइरहेको सुर्यनगर रङ्गशालामा भौतिक पुर्वाधार निर्माण र स्तरिकरणमा लुम्बिनी प्रदेश सरकार, स्थानिय तहहरु समेत जुटेका छन् । सोमबारको उद्घाटन खेल तनहुँ ११ र नवलपरासी ११ बिच भएको रोचक प्रतिस्पर्धामा दुईका विरुद्ध तीन गोलले नवलपरासी–११ ले जित हात पार्दै सेमिफाइनल चरणमा प्रवेश गर्न सफल भएको छ ।

घर आगनमै राष्ट्रिय स्तरका खेलाडीहरुको खेल हेर्न पाउँदा यहाँका आम स्थानीय र दर्शकहरु समेत हर्षित देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *