ब्रेन्टफोडविरुद्ध म्यानचेस्टर सिटीको सहज जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोडविरुद्ध म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति सकिएको खेलमा ब्रेन्टफोडलाई ३–१ गोलले हराउँदै सिटीले जित निकालेको हो ।

सिटीका लागि फिल फोडेनले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका थिए । त्यसपछि क्रमशः ५३औँ र ७०औँ मिनेटमा गोल गरेका थिए ।

यसैगरी, ब्रेन्टफोडका नील माउपेइले एक गोल गरे थिए । उनले खेलको २१औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर त्यो अग्रतालाई जोगाउन नसक्दा ब्रेन्टफोर्ड ३–१ गोलले पराजित भयो ।

ADVERTISEMENT

जितसँगै म्यानचेस्टर सिटी २२ खेलबाट ४९ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको ब्रेन्टफोड २२ अंकका साथ १५औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *