काठमाडौं । आयोजक कतार एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनल खेलमा उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै कतार सेमिफाइनलमा पुगेको हो।
यस अघि ९० मिनेटको निर्धारित समयमा दुवै देशले १–१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरमाबाट भएको थियो।
यो खेलसँगै अब एसियन कपको सेमिफाइनलको समीकरण पुरा भएको छ। सेमिफाइनलमा कतारसहित इरान, जोर्डन र दक्षिण कोरिया पुगेका छन् । कतारले सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts