जोर्डन एसियन कपको सेमिफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। जोर्डन एसियन कपको सेमिफाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा जोर्डनले ताजिस्किस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

जोर्डनको जितमा खेलको ६६औ मिनेटमा ताजिकिस्तानका भाख्दत खानोनोभले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

ADVERTISEMENT

अब जोर्डनले सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ । त्यस्तै हारसँगै ताजिकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *