काठमाडौं । इरान एसियन कपको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउण्ड १६ को खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी गरेपछि यो खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। खेलको ३४औं मिनेटमा मेहदी तरेमीले पेनाल्टीमा गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । सिरियाका ओमार ख्रिविनले ६४औं मिनेटमा गोल गरेपछि खेल बराबरी पुगेको थियो ।
अतिरिक्त समयमा थप कुनै गोल नभएपछि खेल बराबरी भयो र खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो। पेनाल्टी सुटआउटमा इरानले ५–३ ले खेल जितेको थियो।
यस खेलमा खेलको ९१औ मिनेटमा इरानका मेहदी तारेमीले रातो कार्ड पाएका थिए। अब जितपछि क्वाटरफाइनलमा इरानले जापानको सामना गर्ने छ। त्यस्तै यो हारपछि सिरिया प्रतियोगिताबाट बाहिरिएको छ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts