रियल बेटिसविरुद्ध बार्सिलोनाको सहज जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने जोआओ फेलिक्सले एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि इस्कोले दुवै गोल गरेका थिए । यो जितपछि बार्सिलोनाले २० खेलमा ४४ अंक हासिल गरेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

ADVERTISEMENT

त्यस्तै रियल बेटिस २१ खेलमा ३१ अंकसहित लिगमा नवौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *