काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशले लगातार पाँचौ हार ब्यहोरेको छ । शुक्रबार बागमती प्रदेशले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा कोशीलाई ६४ रनले हराएको हो । २७४ रनको लक्ष्य पछ्याउने क्रममा कोशीले ४७.१ ओभरमा ओभरमा अलआउट हुँदै २०९ रन मात्र जोड्न सक्यो । कोशीका लागि सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धशतक प्रहार गर्नुभएपनि जितका लागि त्यो पर्याप्त बनेन ।
यस जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा बागमतीको तीन जित र दुई हारसँगै ६ अंक छ । सुदूरपश्चिम तीन खेलमा शत प्रतिशत जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ ।
कोशीका सोनु अन्सारीले २१, अंकित सुवेदीले ६५ बलमा ५३ रन जोड्नुभयो । फिर्दोस अन्सारीले १८ बलमा ५ रन, सुजनले ५९ रन जोड्नुभयो । उहाँले ७६ बलमा उहाँले ४ चौका र ३ छक्का प्रहार गर्नुभयो । कोशीका लागि आइश भट्टराई ३८ बलमा ३२ रन जोड्दै नटआउट रहनुभयो । बागमतीका लागि सूर्यले ४८ रन खर्चेर २ विकेट लिनुभयो । प्रतियोगितामा उहाँले पाँच खेलमा १९ विकेट लिइसक्नुभएको छ ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा सबै विकेट गुमाएर २७३ रन जोड्यो । आशुतोषले १११ बलमा ११८ रन जोड्नुभयो । उहाँले कुल १६ चौका र २ छक्का प्रहार गर्नुभयो । आशुतोषले ९९ बलमा शतक पूरा गर्नुभयो । रित गौतमले ६० बलमा ३ चौकासहित ४९ रन जोड्नुभयो । बागमतीका लागि विकेटकिपर रविन जोशीले ४३ रनको योगदान दिनुभयो । उहाँले ३ चौका र १ छक्का प्रहार गर्नुभयो । कोशीका लागि अभ्यास तिम्सिनाले ३, कमल खत्री र हेमन्त राईले २-२ तथा फिर्दोश अन्सारीले १ विकेट लिनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा