काठमाडौं । कतार एसियन कपको नकआउट चरणमा पुगेको छ । बुधबारको खेलमा ताजाकिस्तानलाई १–० ले हराउँदै कतार नकआउट चरणमा प्रवेश गरेको हो ।
कतारका लागि अक्रम आफिफले निर्णायक गोल गरे । आयोजक तथा डिफेन्डिङ च्याम्पियन समेत रहेको कतार नकआउट चरण पुग्ने पहिलो टिम बन्यो ।
योसँगै समूह ‘ए’ मा कतारको दुई खेलबाट ६ अंक भएको छ । उक्त समूहको अर्को खेलमा चीनले लेबनानसँग गोलरहित बराबरी खेल्यो । चीनको दुई अंक छ । भने सोही समूहमा रहेका ताजाकिस्तान र लेवनान भने एक–एक अंक छ ।







