काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको नारायणस्थानमा फिटजोन फिट्नेस एण्ड जिम सञ्चालनमा आएको छ । नायक राजेश हमालले फिटजोनको एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । विनोद बज्राचार्य र सुधा बानियाँको संयुक्त लगानीमा फिटजोन सञ्चालन गरिएको हो ।
फिटजोन सञ्चालन गर्न करिब दुई करोड खर्च भएको बज्राचार्यले जनाउनुभएको छ । विनोद र सुधा नै फिटजोनका प्रशिक्षक पनि हुनुहुन्छ । फिटजोनमा जिम, कार्डियो, साउना, स्टिम, जुम्बा एरोबिक्स, किक बक्सिङ, योगालगायतका सुविधा छन् ।






