जमनलाई कोरियामा दुई पदक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली खेलाडी जमनसिंह गुरुङले १४औँ कोरिया ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता तथा प्रथम डब्लुसिकेएफ विश्व कराँते च्याम्पियनसिपमा दुई पदक जित्नुभएको छ । उहाँले कुमुतेमा स्वर्ण र सिनियर एकल कातामा रजत गरी दुई पदक जितेको मानसिंह डोजोले जनाएको छ ।

दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ७५ केजीमुनि जमनले फाइनलमा कोरियाका खेलाडीलाई पाँच-तीनले पराजित गर्दै स्वर्ण जित्नुभयो ।

ADVERTISEMENT

त्यसअघि जमनले उज्वेकिस्तानका खेलाडीलाई २-० ले हराउनुभएको थियो । जमन विगत पाँच वर्षदेखि दक्षिण कोरियामा हुनुहुन्छ । उक्त प्रतियोगितामा मानसिंह डोजोका प्रमुख प्रशिक्षक महेश महर्जनले निर्णायकको भूमिका निर्वाह गरेको महेशले जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?